३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

मनमोहन कार्डियोका चार कर्मचारीविरूद्ध आत्महत्या दुरूत्साहनमा किटानी जाहेरी

२९ असार काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको परिवारले अस्पतालका चार कर्मचारीको विरूद्धमा आत्महत्या दुरूत्साहनमा किटानी जाहेरी दिएका छन । महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा पोखरेलको परिवारका सदस्यले किटानी जाहेरी दिएको बृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक अंगुर जिसीले दैनिकीलाई जानकारी दिए ।

अस्पतालको स्टोर शाखामा झुण्डिएर आत्महत्या गरेका अमृत पोखरेलको सुसाइट नोटका आधारमा उनको परिवारका सदस्यले किटानी जाहेरी दिएका हुन । अमृतको आत्महत्याका लागि दुरूत्साहन गरेको भन्दै सेन्टरका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल, फार्मेसी सहायक कृष्ण पौडेलको विरूद्धमा किटानी जाहेरी दर्ता भएको हो ।

पोखरेलले शुक्रबार बिहान अस्पतालको स्टोरमा झुण्डिएर अत्महत्या गरेका थिए । बिहान ६ बजे अस्पताल पुगेका उनले त्यही सुसाइट नोट लेखेर करिब ८ बजेतिर आत्महत्या गरेको प्रहरीले जनाएको छ । पोखरेलले सुसाइट नोटमा आफूलाई आत्महत्याका लागि बाध्य पारिएको उल्लेख गरेका थिए ।

उनका सहकर्मीहरूका अनुसार पोखरेल निकै तनावमा देखिन्थे । स्रोतका अनुसार विभिन्न बहानामा प्रशासन प्रमुख लगायतले आफूमाथि दबाब सिर्जना गरिरहेको अन्य सहर्मीहरूलाई पनि पोखरेलले बताउने गरेका थिए । पोखरेलको श्रीमति र ३ वर्षका नाबालक छोरा रहेका छन ।

यो पनि पढ्नुहोस्

मनमोहन कार्डियोका फार्मेसी इन्चार्ज अमृत पोखरेल अस्पताल भित्रै झुण्डिएको अवस्थामा भेटिए

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार २०:१३