२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद चल्न दिँदैनौंः रवि लामिछाने

२९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कसको स्वार्थमा यो विधेयक नल्याइएको भन्दै प्रश्न समेत गरेका छन् । उनले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको पनि बताएका छन् ।

उनले भने, ‘कार्यसूचीमा मिटरब्याज पीडितहरुको विषय आज किन आएन ? कसका कारणले रोकियो ? राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याजबाट पीडित भएका सम्पूर्ण नागरिकहरुको पक्षमा छ । सरकारलाई यो विधेयक यथाशीघ्र सदनमा ल्याउन आग्रह गर्न चाहन्छ। मिटरब्याजका पक्षमा जीवनमरणको दोसाँधमा नागरिक छन्। उनीहरूको पीडाको सम्बोधन गर्नुपर्छ। कसको स्वार्थले, कसका कारणले मिटरब्याज पीडितको पक्षमा रहेको यो विधेयक संसदमा ल्याइएन ? यो संसदलाई जानकारी हुनुपर्छ ।’

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार १६:०६