२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

विराटनरगकाे रानी हिरासतबाट रड काटेर दुई थुनुवा फरार

९ कात्तिक, विराटनगर । विराटनरगकाे रानी हिरासतबाट रड काटेर दुई थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट थुनुवाहरु मोहमद आरिफ हुसेन र सदिम हुसेन भागेका हुन् । उनीहरु विराटनगर १७ का मोहम्मद अस्ताक हुसेन हत्याको अनुसन्धानका क्रममा पक्राउ परेका थिए ।


हिरासतको पछाडिपट्टि झ्यालको ६ वटा रड काटेर थुनुवाहरु भागेकाे प्रहरीले जनाएकाे छ । घटनाको अनुसन्धान भइरहेको र फरारहरुको खोजी भइरहेको प्रहरीले बताएको छ । उक्त समयमा ड्युटीमा रहेका ७ जना प्रहरीमाथि छानबिन सुरु गरिएको पनि प्रहरी जनाएकाे छ।

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार १४:५८