मनमोहन कार्डियोका फार्मेसी इन्चार्ज अमृत पोखरेल अस्पताल भित्रै झुण्डिएको अवस्थामा भेटिए
२९ असार काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका एक कर्मचारी झुण्डिएको अवस्थामा भेटिएका छन । अस्पतालको फार्मेसी इन्चार्ज अमृत पोखरेल शुक्रबार बिहान झुण्डिएको अवस्थामा भेटिएका हुन । उनी अस्पतालको स्टोरमा झुण्डिएको अवस्थामा भेटिएको अस्पताल स्रोतले जनाएको छ ।
अहिले प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यद्यपी घटनाको विषयमा प्रहरीले केही पुष्टि गरेको छैन । केही दिन यता पोखरेल निकै तनावमा रहेको उनको सहकर्मीहरूले बताएका छन । पोखरेल बिहान ६ बजे अस्पताल पुगेका थिए ।
प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार ०९:५६