२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

विद्युतीय व्यापार विधेयक राष्ट्रियसभाबाट पारित

२८ असार, काठमाडाैँ । राष्ट्रियसभाले ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा उद्योेग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सो विधेयक संसदीय समितिमार्फत व्यापक छलफल गरी परिस्कृत विधेयकका रूपमा निर्माण गर्न सांसदहरुसँग आग्रह गर्नुभयो ।

“यो विधेयक यथास्थितिमा पारित हुन गइरहेको छैन”, मन्त्री रिजालले भन्नुभयो, “संसदीय समितिमा पठाएर विस्तृत छलफल गराएर आएको परिस्कृत विधेयकलाई दुवै सदनबाट पारित गर्ने गरी हामीले कार्यक्रम राखेका छाैँ ।”

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यले राष्ट्रियसभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार २९ गते बिहान ११ः१६ बजे बस्नेछ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १९:२०