११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

नेप्सेमा दोहोरो अंकको गिरावटः करिब साढे तीन अर्बकाे काराेबार, दुई कम्पनीको सेयरमा सर्किट

२८ असार, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा दोहोरो गिरावट आएकाे छ । आज नेप्से १२.६२ अंकले घटेर दुई हजार ८४ दशमलब ९३ विन्दुमा बन्द भएको हो । आज दुई तीन अर्ब ३९ करोड ६ लाख बराबरको कारोबार भएको छ । फाइनान्स उपसूचक सवार्धिक २ प्रतिशतले घटेको छ । दोस्रोमा हाइड्रोपावर उपसूचक १.८८ प्रतिशतले घटेको छ ।

दुुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनएमबि बैंक डिभेन्चर २०८५ र एसबिएल डिभेन्चर २०३४ को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे । आज सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । रोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १५:२९