२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

रिलायबल नेपाल लाइफको आईपीओमा कति पर्यो आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

२८ असार, काठमाडाैं ।  रिलायबल नेपाल लाइफ  इन्स्योरेन्सको आईपीओमा १४ करोड बराबरकाे आवेदन परेको छ । कम्पनीले असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेकाे आईपीओमा दाेस्राे दिनमा नै उक्त रुपैयाँ बराबरको आवेदन परेको हाे  ।

सीडीएसका अनुसार कमपनीकाे आईपीओमा आज बिहान १०ः०५ बजेसम्ममा १४ करोड १० लाख ८७ हजार ८६० रुपैयाँ बराबरको ७ लाख ३०९ जनाले ५ लाख ४८ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी गरेकाे हाे ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि  अधिकतममा ५ हजार ४०० कित्ताका लागि छिटाेमा असार २७ गतेसम्म र ढिलाेमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ बाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 12:14