१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

बरुण हाइड्रोपावरले बाेलायाे साधारणसभा, १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित हुने

२८ असार, काठमाडाैं । बरुण हाइड्रोपावर कम्पनीले विशेष साधारणसभा बाेलाएकाे छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बाेलाएकाे हाे । असार २७ गते बुधबार बसेकाे कम्पनी सञ्चालन समितिकाे बैठकले गरेकाे निर्णयअनुसार साउन १४ गते धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा दिउँसाे १ बजे कम्पनीकाे विशेष साधारणसभा आयोजना हुनेछ ।

सभाले हाल कायम जारी तथा चुक्तापुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साथै, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीले गरेका लगानीहरुको सम्बन्धमा पनि प्रस्ताव पारित गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले साउन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन ४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको विशेष साधारणसभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १०:५३