२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

२८ असार, काठमाडाैं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले असार २६ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा दाेस्राे दिनसम्म मागभन्दा करिब ६४ गुणाले बढी आवेदन परेकाे हाे ।

सीडीएससीका अनुसार कमपनीकाे आईपीओमा हिजाे साँझ सम्म ५ लाख ९४ हजार २८ आवेदकबाट कुल ६४ लाख ४२ हजार २६० कित्ता सेयर माग भएको छ। याे मागभन्दा ६३.६९ गुणाले बढी हो।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ।

अब २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने छन्।

कम्पनीकाे आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म असार २९ गते बैंकिङसम्म खरिद आवेदन दिन पाउनेछन्। कमपनीकाे आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:43