७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

चार प्रतिवद्धतासहित इक्यानको कोषाध्यक्षमा विनोदकुमार सुवेदीको उम्मेदवारी

२७ असार, काठमाडाैँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि विष्णुहरि पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको छ।आगामी शनिबार (असार ३० गते) हुने महाधिवेशनका लागि पाण्डेले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका छन ।

पाण्डे नेतृत्वको समूहबाट उपाध्यक्षमा भूवन क्षेत्री, लक्ष्मण पौडेल (एन्ड्रयु) र प्रकाश श्रेष्ठले उम्मेदवारी दिने भएका छन्। त्यस्तै महासचिवमा वासुदेव दाहाल, सचिवमा फिलिपकुमार डाँगी क्षेत्री र शिव त्रिपाठीले उम्मेदवारी घाेषणा गरेका छन्।

त्यस्तै कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देलले उम्मेदवारी दिने भएका छन्। कार्यसमिति सदस्यका लागि आशिष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, एसपी भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सुमन शर्मा जमरकट्टेल र श्रीराम गिरीले पाण्डे नेतृत्वको प्यानलबाट उम्मेदवारी दिने भएका छन्।

कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका सुवेदीले चार प्रतिवद्धता समेत सार्वजनिक गरेका छन । उनले इक्यानको कोष वृद्धि, संरक्षण र समुचित उपयोगको लागि दिगो आर्थिक प्रणाली स्थापित गर्ने अाफ्नो पहिलो प्रतिवद्धता रहेको बताएका छन ।

त्यस्तै सुशासन र आर्थिक पारदर्शिता कायम गर्ने उनको दोस्रो पत्रिवद्धता रहेको छ । त्यस्तै संस्थागत विकास र व्यावसायी सदस्यहरूको लागि नियमित तालिम र क्षमता अभिवृद्धि गर्न लागि पर्ने उनको तेस्रो प्रतिवद्धता रहेको छ । सुवेदीको चाैँथो प्रतिवद्धता व्यावसायिक चुनौतीहरू जस्तै धरौटी, विदेशी लगानी र अवैधानिक एड्मिसन पोर्टलहरूको विरुद्ध नीतिगत र दीर्घकालीन समाधान गर्ने रहेको छ ।

एक दशक देखि शैक्षिक परामर्श व्यावसायमा संलग्न टिम कन्सल्टका अध्यक्ष सुवेदी कुशल व्यवस्थापक हुन् । उनले लेखाशास्त्र र कर प्रणालीमा स्नातकोत्तर गरेका छन । यसअघि
समृद्धि फाइनान्सको अध्यक्षसमेत भइसकेका सुवेदी आर्थिक अनुशासन र कर्पोरेट गभर्नेन्सलाई पालना गर्ने कुरामा निर्भिक र अटल रहेका छन ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार ०८:००