६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

२७ असार, काठमाडाैं ।  साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार ११:३७