रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला, प्रतिकित्ता कति ?
२७ असार, काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज असार २७ गतेबाट आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ। कुल कित्ताको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेकाे हाे ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आजदेखि आईपीओ जारी गर्न लागेको हो। त्यस्तै, कम्पनीले ५ प्रतिशतले ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार ४०० कित्ताका लागि छिटाेमा असार २७ गतेसम्म र ढिलाेमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ बाट आवेदन दिन सक्नेछन्।।
प्रकाशित मिति : 10:14









