१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

नयाँ सारथी र विजय लघुवित्तको एकीकृत कारोबारको मिति तय, सेयर कारोबार रोक्का

२६ असार, काठमाडौ । नयाँ सारथी लघुवित्त र विजय लघुवित्त एक आपसमा मर्जर भएर एकीकृत कारोबारको मिति तय गरेको छ । मर्जरपछि असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब विजय लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।

दुवै कम्पनीहरु एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबारपश्चात लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुन दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनार्थ असार ३१ गतेदेखि १५ कार्य दिन सम्मको लागि सेयर कारोबार रोक्का राखिदिन संस्थाहरुले नेप्सेसमक्ष आग्रह गरेको छ । असार ३१ गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै लघुवित्तहरुको सेयर कारोबार रोक्का हुने भएको हो ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार १७:२३