सेयर बजारमा गिरावटः दुई अर्ब ८५ करोडको कारोबार, पाँच कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि
२६ असार, काठमाडौ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७३ अंकले घटेर दुई हजार ७२ दशमलब २४ विन्दुमा बन्द भएको हो । आज दुई अर्ब ८५ करोड ९४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा हिमालयन पावर पार्टनर, एनआइबीएल समृद्धि फण्ड–२, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड र कर्पोरेट डेभलपमेन्ट लिमिटेड रहेका छन् ।
आज सबैभन्दा बढी सिंगटी हाइड्रो इनर्जी लिमिटेड, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड र मन्दाकीनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेनस लिमिटेडको भएको छ ।
प्रकाशित मिति : २६ असार २०८०, मंगलवार १५:५५












