७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

२६ असार, काठमाडाैं ।  मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको हाे ।

बिहान १० बजे लुक्लाबाट काठमाडाैंकाे लागि उडेको ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर सवा १० बजेबाट सम्पर्कविहीन भएको त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए  । “मनाङ् एयरको हेलिकोप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ”, उनले भने ।

हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेकाे उनले बताए । थप जानकारी आउन बाँकी रहेकाे छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार ११:१४