३ असार २०८१, सोमबार | Tue Jun 18 2024

याैन उत्पिडनको अारोप लागेका १३ जना वरिष्ठ म्यानेजरसहित ४८ कर्मचारी गुगलबाट बर्खास्त


९ कात्तिक, काठमाडाैँ । गूगल कम्पनीले याैन उत्पिडनको अारोप लागेका १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ । पछिल्लो दुईवर्षदेखि उनीहरुलाई यौन उत्पीडनको आरोप लागेको गुगलले जनाएको छ ।

गूगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले उत्पीडनका आरोप लागेका कर्मचारीहरुको नाम उल्लेख गरेको पत्रमा कम्पनीले यौन दुर्व्यवहारको आरोप लागेपछि यस्तो फैसला लिएको बताएका छन् ।

पिचाईले पत्रमा गूगल आफ्ना कर्मचारीहरुलाई सुरक्षित कार्यक्षेत्र दिनका लागि तत्पर रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामीले यौन उत्पीडनको आरोप लागेका सबै कर्मचारीमाथि अनुसन्धान गरेका छौँ । त्यसपछिमात्रै जागिरबाट हटाउने फैसला लिएका हौँ ।’

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार ०९:१५