२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सेयर बजारमा झिनो अंककाे गिरावट, तीन अर्ब ७९करोडकाे काराेबार

२५ असार, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ ।  आज नेप्से ०.८० अंकले घटेर दुई हजार ९६ दशमलब ९६ विन्दुमा पुगेको छ । आज तीन अर्ब ७९करोड ७९ लाख बराबरको कारोबार भएको छ ।

शेयर बजार झिनो अंकले घटेतापनि रावा इनर्जी डेभलपमेन्ट पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी हिमालयन हाइड्रोपावर र सिटि होटल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । सोल्टी होटलको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : 15:24