११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

एडिलेड नेपाली चार हास्य कलाकार एडिलेड आउने भएका छन् कमेडी च्याम्पियन सिजन का विजेता भरत मणि पौडेल सहितसुमन कार्की, कैलाश कार्की, बिक्की अग्रवाल यहि अगष्ट ११ मा एडिलेड आउने एस के इभेन्टस एण्ड इन्टरटेन्मेनका निर्देशक कमलथापा मगरले जनाएका छन्

`अब हास्छ एडिलेड´ नाम दिईको कार्यक्रम स्थानिय एभरेष्ट रेष्टुरेन्ट एण्ड इभेन्ट सेन्टरमा आयोजना हुने भएको पछिल्लो समय नवहास्य कलाकारहरुले नेपाली दर्शकहरुको मन जित्दै गइरहेको सन्दर्भमा यहा आयोजना हुने कार्यक्रमले राम्रो दर्शक पाउने अपेक्षागरिएको मगरले बताए

मगरले आयोजक एस के इभेन्ट एडिलेडमा आधारित कार्यक्रम व्यवस्थापन सम्वन्धी सेवा दिन शुरु गरिएको बताए उनले इभेन्टलेनेपाली लाइभ इभेन्टहरूमा सेवाको गुणस्तर बढाउन नयाँ स्थापना गरेको बताउदै संस्थापकसँग विगतका वर्षहरूमा लगातार सफलकार्यक्रमहरूको प्रबन्ध गरेको इतिहास रहेको समेत बताए

मगरले एडिलेड सहरमा बसोबास गर्ने नेपाली युवाहरूको लागि कार्यक्रम आयोजना गर्दै सम्पुर्ण नेपाली समुदाय गैरनेपाली समुदायकालागि सांस्कृतिक कार्यक्रम, लाइभ सांगीतिक कन्सर्ट, डान्स पार्टी  जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूलाई प्रवर्द्धन गर्ने समेत बताए   यहि क्रममा स्ट्यान्डप कमेडीका स्थापित हुदै गएका चार कलाकारमा एडिलेडमा ल्याउन लागेको बताए

प्रकाशित मिति : July 10, 2023 at 12:59 pm