६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

२५ असार, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहदै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १०:५२