१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

उपभोक्ता समितिको ६ लाख ५० हजार चोरेर भागेमा एमाले नेता विष्ट पक्राउ

२४ असार, काठमाडाैँ । उपभोक्ता समितिको ६ लाख ५० हजार रूपैयाँ चोरेर भागेका नेकपा एमालेका नेता समेत रहेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन । प्रहरीले विष्टलाई चोरी आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेत डीएसपी लक्ष्मण शाहीले दैनिकीलाई जानकारी दिए ।

शाही वडा अध्यक्ष विष्टसहित तीन जनालाई पक्राउ गरेको र अनुसन्धान भैरहेको जानकारी दिए । उनले पक्राउ परेकाहरू माथि उपभोक्ता समितिको रकम चोरीको आरोप रहेको पनि बताए ।

वडाध्यक्ष विष्टसहित सुशील गुरुङ, बलिराज शाही  पक्राउ परेका छन । उनीहरूले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको प्रहरीमा परेको उजुरीमा उल्लेख गरिएको छ । गुरुङ र शाही शनिबार नै पक्राउ परेको र उनीहरूले वडाध्यक्ष विष्टलाई दुई लाख रकम दिएको स्वीकार गरेका छन।

बिहीबार दिउँसो ३ बजेतिर उनीहरूले उपभोक्ता समितिका अध्यक्षको घरबाट रकम लिएका थिए । वडा अध्यक्ष विष्ट यसअघि एक उपसचिवलाई मुक्का हानेर चर्चामा रहेका थिए ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार १८:०३