२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

दुई कम्पनीले पाए आईपीओ निष्काशनकाे अनुमति, कुनको कित्ता कति ?

२४ असार, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप दुई कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ। धितोपत्र बोर्डले माथिल्लो मैलुङ खोला जलविद्युत र चिरख्वा हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।

१) माथिल्लो मैलुङ खोला जलविद्युत

धितोपत्र बोर्डले मैलुङ खोला जलविद्युतलाई २५ प्रतिशतले हुन आउने २५ करोड रुपैयाँबराबरको आईपीओ आईपीओ निष्कासनको अनुमति दिएको हाे । धितोपत्र बोर्डकाे अनुमतिसँगै कम्पनीले अब आयाेजना प्रभावित स्थानीय, वैदेशिक राेजगारीमा गएका नेपाली तथा सर्वसाधारणका लागि १०० अंकित दरमा २५ लाख कित्ता आईपीओ निष्कासन गर्ने छ । कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेकाे छ ।

२) चिरख्वा हाइड्रोपावर

धितोपत्र बोर्डले चिरख्वा हाइड्रोपावरलाई चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँबराबरकाे निष्कासनको अनुमति दिएको हाे । धितोपत्र बोर्डकाे अनुमतिसँगै कम्पनीले अब आयाेजना प्रभावित स्थानीय, वैदेशिक राेजगारीमा गएका नेपाली तथा सर्वसाधारणका लागि १०० अंकित दरमा १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने छ । कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेकाे छ ।

प्रकाशित मिति : 15:57