सेयर बजारमा हरियाली छाउँदा आज यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार
२४ असार, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन सेयर बजारमा हरियाली छाएकाे छ । आज नेप्से २८.३८ अंकले बढेर दुई हजार ७७ दशमलब ७६ विन्दुमा पुगेको छ । आज तीन अर्ब ४ करोड २५ लाख बराबरको कारोबार भएको छ ।
आज सेयर बजार सुधार आउँदा सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । आज कम्पनीको १८ करोड ६० लाख ७२ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको १६ करोड ३६ लाख ५१ हजार रुपैयाँ ,सोल्टी होटलको १४ करोड ८ लाख ४८ हजार रुपैयाँ, अरुण काबेली पावरको १२ करोड १ लाख ९८ हजार रुपैयाँ र अपर तामाकोशी हाइड्रोपावरको १० करोड ६२ लाख ६८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार १५:१५












