राष्ट्र बैंकले ऋणीका लागि ल्यायो यस्ताे संवादमूलक सूचना
२२ असार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले ऋणीहरुका लागि सचेतनामूलक सूचना जारी गरेकाे छ । कतिपय ऋणीहरुले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई तिर्न छाडेपछि यस्ताे सूचना जारी गर्न सुरु गरेको हाे ।
राष्ट्र बैंकले आज सूचना जारी गर्दै समयमै कर्जाको सावाँ ब्याज भुक्तानी गर्न र सामाजिक प्रष्ठिासहित जरिवाना, कारबाहीबाट बच्न अनुरोध गरेको हो । साथै, राष्ट्र बैंकले संवादमूलक सूचनामार्फत ऋण तिर्न आग्रह गरेको छ ।
संवादमा ऋणीले भनेका छन्, ‘ल हेर त, मेरो त बैंकको ब्याज तिर्ने समय पनि आइसकेछ ! पैसा आफैलाई चाहिएको छ, अहिले नतिर्दा के होला र !’ साथै त्यसकाे प्रतिउत्तरमा अर्कासँगै बसेकी साथिले उनलाई ऋण र ब्याज भूक्तान समयमा नै गर्न प्रेरित गर्दै भनेकी छिन्, ‘समयमै ब्याज नतिर्दा तिम्रो नाम कालोसूचीमा पर्छ । धितो पनि लिलामी हुन सक्छ, सामाजिक प्रतिष्ठामा आँच आउँछ । कर्जा लिएपछि कर्जा र ब्याज तिर्नु ऋणीको दायित्व हो । कालोसूचीमा नाम पर्यो भने त व्यवसाय गर्न बैंकले ऋण पनि दिँदैन र खाता पनि खोल्न पाइँदैन ।’

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १६:५१












