६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

अन्तिम काराेबारकाे दिन घट्याे सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

२२ असार, काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला १०० रुपैंयाले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ प्रतितोला २० रुपैंयाले बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो काराेबारकाे दिन बिहीबार चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार ११:२४