११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

२१ असार, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०६ अकंले घटेर २०४९.३८ बिन्दुमा बन्द भएको छ । बिहिबा २८० कम्पनीको ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ७ करोड ७४ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी शिवम् सिमेन्ट्सको कारोबार भएको छ । आज कम्पनीको १८ करोड ५६ लाख ४२ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको प्रभु बैंकको प्रमोटर सेयरको १६ करोड ९७ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, हिमालयन ला्रइफ इन्स्योरेन्सको १५ करोड ३६ लाख ८३ हजार रुपैयाँ, सिटी होटलको १४ करोड ७३ लाख ६१ हजार रुपैयाँ र सोल्टी होटलको १० करोड ६९ लाख रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १५:१८