गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु, एक गम्भीर घाइते
२१ असार, बुटवल । गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ । तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा बिहीबार बिहान करेन्ट प्रवाह हुँदा रोल्पाको गंगादेब गाउँपालिका -४ का बालराम डाँगी र उनका छोरा टोपलाल डाँगीको मृत्यु भएको हाे ।
राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत तारले बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो । बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । साथै, साेहि घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १२:१८