फर्स्ट माइक्रोफाइनान्सको सेयर बिक्रीमा
२१ असार, काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।
उक्त सेयर खरीदको लागि इच्छुक संस्थापक व्यक्ति, संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : २१ असार २०८०, बिहीबार ११:४४












