२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

खुकुरी प्रहार गरी श्रीमानले गरे अाफ्नै श्रीमतीको हत्या

८ कात्तिक, राेल्पा । पश्चिम रोल्पाको गङ्गादेव गाउँपालिका–५ पाखापानीमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय सुकलाल सार्कीले अाफ्नै ३९ वर्षीया श्रीमती  देवीसरा सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार साँझ सुत्ने बेलामा विवाद भएपछि घाँटीमा खुकुरी प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो । सन्की स्वभावका देखिने सार्कीको तीन छोरा र चार छोरी छन् ।

मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको र अभियुक्त सार्कीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जनाएको बताएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार १७:३९