बुधबार यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार
२० असार, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.२६ अकंले घटेर २०४९.४४ बिन्दुमा बन्द भएको छ । आज २७७ कम्पनीको ८० लाख ९२ हजार ९६९ कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब सात करोड ३९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । साथै, हिमालयन लाइफको १३ करोड ९० लाख रुपैयाँ, सोल्टी होटलको ९ करोड ५७ लाख रुपैयाँ, स्वाबलम्बन लघुवित्तको ८ करोड १४ लाख रुपैयाँ र हिमालयन डिष्टीलरीको ७ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार १५:१६












