नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, बुधबार कतिमा खुल्ला कारोबार ?
१९ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य समायोजन गरेको छ । नेप्सेमा रिलायन्स फाइनान्स लिमिटेडको ६.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३५४ रूपैयाँ ५५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य ३७७ रुपैंया ६० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली बुधबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १७:०७












