१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

मंगलबार नागरिक लगानी कोषसहित यी कम्पनीकाे भयो सर्वाधिक कारोबार

१९ असार, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.७३ अकंले बढेर २०८८.७० बिन्दुमा बन्द भएको छ । आज २८२ कम्पनीको ६४ लाख ५० हजार ९३४ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँको कारोबार भएको छ ।

आज नागरिक लगानी कोषकाे सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीको १२ करोड १७ लाख रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनएलजी इन्स्योरेन्सको ११ करोड ३८ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड ३३ लाख ८४ हजार रुपैयाँ, शिवम् सिमेन्ट्सको ११ करोड १६ लाख ९२ हजार रुपैयाँ र सोल्टी होटलको ७ करोड ३२ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १५:१४