९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नबिल बैंकले ऋणपत्र निष्काशन गर्नेः धितोपत्र बोर्डसँग माग्यो अनुमति, कति पाइन्छ ब्याज ?

१८ असार, काठमाडाैं । नबिल बैंकले ऋणपत्र निष्काशन गर्ने भएकाे छ । बैंकले  ३ अर्ब रुपैयाँ बराबरको  ‘नबिल डिबेन्चर–२०८७’ नामक ऋणपत्र निष्काशनकाे अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्काशन गर्नेछ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ। ७ वर्षे अवधिको याे ऋणपत्रमा  लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। बैंककाे ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १७:२२