१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

ङादी ग्रुप पावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

१८ असार, काठमाडाैं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। असार १७ गते बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीकाे १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

हकप्रद निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्नका लागि विद्युत नियमन आयोगबाट पूवस्वीकृति लिने पनि कम्पनीले निर्णय गरेको छ। कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत सम्भार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सिर्जना गरी राष्ट्रिय पुँजी वृद्धि गर्न आयोजनाको सञ्चित मुनाफा, बैंक ऋणलगायतका वैकल्पिक स्रोतबाट मात्रै सम्पूर्ण रकम जोहो गर्न नसकिने भएकोले हकप्रद सेयर जारी गर्न लागिएको कम्पनीले जनाएको छ।

हाल यस हाइड्रोपावरको चुक्ता पुँजी  १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २०० रुपैयाँ रहेको छ । १०० % हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १२:०३