१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

मल्टीपर्पस फाइनान्सको ४० हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

१८ असार, काठमाडाैं । मल्टीपर्पस फाइनान्सले आज असार १८ गतेबाट केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले  संस्थापक समूहको ४० हजार ११३ कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।

उक्त सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित संस्थाको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन्।

तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेको खण्डमा साे सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार ११:२३