२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

हकप्रद सेयर निष्काशन गर्न अरुण काबेलीको बुक क्लोज मिति तय, क-कसले भर्न पाउँछन् ?

१८ असार, काठमाडाैं । अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको असार १७ गते बसेको बैठकले हकप्रद सेयर निष्कासनका लागि असार २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असार २४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

नेपाल धितोपत्र बोर्डले गत असार १३ गते कम्पनीलाई चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो। कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।

प्रकाशित मिति : 10:28