१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सेवाग्राहीसँग एक अर्ब ७५ करोड घुस लिने मनमैजुका नापी सर्वेक्षकसहित २ जनाविरुद्ध मुद्दा दायर

१७ असार, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरुलाई रु एक अर्ब ७५ करोड बराबरको घुस रकमसहित पक्राउ गरेको थियो ।

आरोपीद्वयलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १६:४३