६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

भारतबाट घटेर आयो पेट्रोल र ग्यासको मूल्य, कुनकाे कति ?

१७ असार, काठमाडाैं । भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र ग्यासको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हाे ।

आईओसीले नेपाल आयल निगमलाई हरेक १५/१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको छ।  नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ पैसा र एलपीजी ग्यास प्रतिसिलिन्डर १६० रुपैयाँले घटेर आएको हाे।त्यस्तै, डिजेटल, मट्टीतेल र हवाई इन्धनको मूल्य भने बढेर आएको छ। निगमका अनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ, मट्टीतेल ५ पैसा र हवाई इन्धन ५७ पैसा मूल्य बढेर आएको छ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १४:३५