६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

नारायणगढ–मुग्लिन सडकः पहिरो सफा गर्न अझै केही घण्टा लाग्ने

१७ असार, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खुलाउन सकिने बताए । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ । अर्को ढिस्को पनि खस्ने अवस्थामा छ, पौडेलले भने । सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १२:५९