२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेप्सेमा चार कम्पनीकाे सेयर सूचीकृत, कुनकाे कति ?

१५ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ४ कम्पनीकाे सेयर सूचीकृत भएको छ । नेप्सेमा याे साता विभिन्न ४ कम्पनीकाे  सेयर सूचिकृत भएको हाे ।

१) जीवन विकास लघुवित्त

नेप्सेमा जीवन विकास लघुवित्त १४.२८५ प्रतिशत बोनस बापतको १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

२) माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा कम्पनीकाे १४.२५ प्रतिशत बोनस बापतको ४ लाख २ हजार ९१ कित्ता बाेनस सेयर सूचिकृत भएको हो ।

३) समता घरेलु लघुवित्त

नेप्सेमा कम्पनीकाे १५ प्रतिशत बोनस बापतको ५ लाख १४ हजार १ सय १६ कित्ता सेयर सूचिकृत भएको हो ।

४) डिप्रोक्स लघुवित्त वित्तीय संस्था

नेप्सेमा  डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको हो । आदर्श लघुवित्तलाई १ः१ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन आएको २ लाख ४८ हजार ४०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

प्रकाशित मिति : 13:26