१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

म प्रेम स्वरूप आत्मा हुँ (कविता)

-अमित संग्रौला

म प्रेम शान्ति र
आनन्दको महासागर हुँ
मलाई भित्र भित्र
महसुस गर
किनकि ,
म प्रेम स्वरुप आत्मा हुँ
डुब्दै जाउ म भित्र
तिम्रो मन
ध्यानस्थ बन्दै गएको छ
म एकदमै सूक्ष्म जीवात्माले
बनेको छु
मलाई तिम्रो हृदयबाट निहाल
म तिमीहरु जस्तो
काम क्रोध लोभ मोह र अहंकारबाट
बनेको छैन
म भित्र अथाह प्रेम छ
मेरो आत्माभित्र
मेरो स्वरुप नै
प्रेम र शान्ति हो
यहीँ नै मेरो अस्तित्व हो
किनकि ,
म प्रेम स्वरुप आत्मा हुँ
त्यसैले मलाई अनुभव गर
हाँस नाँच गाउ रमाउ भित्रभित्र
प्रकृतिको अनुपम आवाजहरुसीत
तिमीले जे अनुभव गरिरहेको छौ अहिले
त्यही प्रेमले बनेको छु
यही नै मेरो स्वरुप हो ।।

बिर्तामोड झापा हाल युएई

प्रकाशित मिति : October 25, 2018 at 11:02 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/