नेप्सेमा १४ लाख ७७ हजार कित्ता बोनस सेयर सूचिकृत
१३ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीकाे १४.२८५ प्रतिशत बोनस बापतको १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : 17:20









