१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि अदालत लगियो

१३ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई म्याद थपका लागि अदालत लगिएको छ।  मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको हाे ।

सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ। सोही प्रकरणमा यी चारजना पक्राउ परेका हुन्।

विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा सिआईवीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १४:२८