३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

ललिता निवास प्रकरणः पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

१२ असार, काठमाडाैँ । ललिता निवास प्रकरणमा प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । योसँगै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेर मोजमस्ती गर्ने काममा संलग्नहरू मध्ये मंगलबारकै दिन पक्राउ पर्नेको संख्या सात पुगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शाहको घरैबाट उनलाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वखरिदार गोपाल कार्की, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी लागयत पक्राउ परेका थिए।

यस प्रकरणमा सीआईबीले अनुसन्धान गरी थप प्रमाण संकलन गरिरहेको छ । सीआईबीको अनुसन्धानकै क्रममा रहेका अन्य धेरै पक्राउ पर्न सक्ने जनाएको छ । तत्कालीन शेरबहादुर देउवा सरकारले बन्द गर्न लगाएको उक्त फाइल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फेरि खोलेको हो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १५:३८