१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

सेयर बजारमा उछालः करिब साढे पाँच अर्बको कारोबार, ३४ कम्पनीको सेयरमा सकारात्मक सर्किट

१२ असार, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा उछाल आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.९४ अकंले बढेर २१८६.३६ बिन्दुमा बन्द भएको छ ।  आज ५ अर्ब ४७ करोड ६२ लाख बराबरको कारोबार भएको छ ।

सेयर बजारमा हरियाली छाएसँगै ३४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।  आज निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ, नेरुडे लघुवित्त लगायतका अन्य कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । आज सबैभन्दा बढी सिक्लेस हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज स्वालम्वन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १५:१८