२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा

११ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। ढकालविरुद्ध अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे  प्रवक्ता भोला दाहालले जानकारी दिए।

आयोगले उनीमाथि एक करोड ४४ लाख ११ हजार ७८१ रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो । उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए । साेही अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गर्दा उक्त रकम गैरकानुनी रहेको खुलेको हो।

प्रकाशित मिति : 14:12