२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेप्सेमा ‘आरबीबी म्युचुअल फन्ड–२’का इकाइहरु सूचिकृत, भोलिदेखि कारोबारमा आउने

११ असार, काठमाडाैं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आरबीबी मर्चेन्ट बैंकिङको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालित हुने ‘आरबीबी म्युचुअल फन्ड–२’ सूचीकृत भएको छ।

नेप्सेमा यो योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड ४६ लाख ११ हजार ९२९ इकाइ सूचीकृत भएको हो। यो योजनाका कुल १२ करोड इकाइ बिक्री खुला गरिएकोमा वितरण गरिएको ८ करोड ४६ लाख ११ हजार ९२९ इकाइ नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले यो योजनालाई ‘आरएमएफ२’ कारोबार संकेत प्रदान गरेको छ। यो योजनाका इकाइहरु भोलि असार १२ गते मंगलबारबाट कारोबारमा आउनेछन्।

प्रकाशित मिति : 13:34