२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

जुम्लामा जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मत्यु, चार जना गम्भीर घाइते

७ कात्तिक, काठमाडाैँ ।  जुम्लाको नाग्म गमगडी सडक खण्डको हिमा गाउँपालिका– १ बड्कीमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएको छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार जुम्लाको सिंजा क्षेत्रमा जीप दुर्घटना भएको छ । जुम्ला खलंगादेखि सुर्खेतका लागि छुटेको भे १ ज ८६५ नम्वरको बुलबुले यातायातको जिप विरामी लिन सिंजाको नराकोट पुगेर फर्कने क्रममा दुर्घटना भएकोहो ।

दुर्घटनामा मत्यु हुनेमा एक जना बच्चा, एक महिला र एक पुरुष छन् । घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घाइते चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रुमुख डिएसपी सिताराम रिजालले बताएका छन । दुर्घटनामा मृत्यु हुनेमा तिला ३ का वर्ष ३० का लाले सार्की, र उनको श्रीमती जानकी सार्की र ८ महिने छोरी महीमा सार्की रहेको बताइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार १८:३३