८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

१२६ रुपैयाँमा ज्योति विकास बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

१० असार, काठमाडाैं । ज्योति विकास बैंकले केही संस्तापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक समूहको १ लाख ६८ हजार ४९६ कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२६ रूपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएकाे साे सेयरमा विद्यमान संस्थापक र सर्वसाधारण, अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि  असार १७ गतेसम्म काठमाडाैंकाे लाजिम्पाटस्थित बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार १०:२६