६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सूर्तिजन्य वस्तुमा लगाएको करबाट उठेको रकम सरकारले खर्च गर्योः स्वास्थ्यमन्त्री बस्नेत

८ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले सूर्तिजन्य वस्तुमा लगाएको करबाट उठेको मोटो रकम खर्च गरेको आरोप लगाएका छन् ।

बिहीबार आपतकाली नचिकित्सा टोलीको राष्ट्रिय कार्यशाला गोष्ठीमा स्वास्थ्यमन्त्री बस्नेतले सरकारले मन्त्रालयलाई आवश्यक बजेट दिनुपर्नेमा घटाएर दिएको तथा सुर्तिजन्य बस्तुमा लगाएको करबाट उठेको मोटो रकम समेत सरकारले खर्च गरेर आफ्नो मन्त्रालयलाई थोरै दिएको भन्दै गुनासो पोखे । यही कारण पनि स्वास्थ्यमन्त्रालयमा विकृति र विसंगति व्याप्त रहेको उनको ठम्याई छ ।

‘अहिले सुर्तिजन्य पदार्थको नाममा ६ अर्ब पैसा उठिरहेको छ । ४० करोड भन्दा स्वास्थ्य मन्त्रालयलाई दिएको छैन् ।यस्ता विकृति र विसंगति छन् ।तर,त्यसको लागि लड्दिने लिडरसिप स्वास्थ्यमन्त्रालयमा नभएको कारणले यो दशा भोग्न परेको हो ।’

उनले नागरिकलाई राज्यले संविधानतह सुनिश्चित गरेको स्वास्थ्यउपचार सरकारले गराउने व्यवस्था कार्यान्वयन गराउनुको साटो कागजमै सीमित रहेको प्रति असन्तुष्टि पोख्दै मन्त्रालयसंग आपतकालीन अवस्थामा नागरिकको उपचार गर्न आवश्यक फन्डको व्यवस्था मन्त्रालय लागेको बताए ।

‘आकस्मिक अवस्थामा उपचार गराउन सहयोग गर्ने मन्त्रालयसंग एक पैसाको फन्ड छैन । यो वर्षबाट त्यो फन्डको व्यवस्था गर्ने हिसावले प्रस्ताव स्वीकृति गराएका छौं । अब केही गर्न सक्छौं ।’ त्यस्तै उनले सरकारले मेडिकल कलेज तथा अस्पतालहरुमा विपन्न नागरिकको लागि आवश्यक औषधोपचारको लागि १० प्रतिशत शैया छुट्याउन गरेको व्यवस्था कार्यान्वयनमा नल्याएको र २२ वर्ष पहिलाको कर्मचारीको अवस्था भन्दा पनि कटौती गरिएको प्रति असन्तुष्टि पोखे ।

न्युन स्रोत साधनकै अधिकतम प्रयोग गरेर संविधान प्रदत्त व्यवस्थाको कार्यान्वयन गराएरै छोड्ने प्रतिवद्धता गर्दैै सबैको साथ र सहयोगको आवश्यकता रहेको उनको भनाइ थियो । स्वास्थ्यमन्त्री बस्नेतले स्वास्थ्य प्राकृतिक विपतका बेलाआवश्यक पर्ने औषधि उपचारका लागि स्रोत साधनको व्यवस्था गर्न स्वास्थ्यमन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए ।

उनले विपदको बेला तत्काल उपचारको लागि आपतकालीन सेवादिन आवश्यक स्रोत साधनको व्यवस्थापन गर्न गोष्ठीले समस्या पहिचान देखि समाधान सम्मको सहयोग पुग्नमा अपेक्षा राख्दै मावनीय हिसावले सबैखाले विपत्तिमा सहयोग गर्न सम्बन्धित सबैमा आग्रह गरे ।

‘यो कार्यशाला गोष्ठीले समस्या पहिचान,त्यसलाई सम्बोधन गर्ने तरिकादेखि त्यसलाई सम्बोधन गर्ने खाले स्रोत साधनका लागि सबै संगठित भएर संगठनको कार्यकर्ताको रुपमा नभएर मानवीय हिसावले लाग्न आवश्यक भूमिका निभाओस् ’बस्नेतले भने । त्यस्तै उनले प्राकृतिक विपत्तिदेखि सबै खाले विपत्तिको समयमा काम गरेका सबैको प्रतिवेदन अध्ययन गरेर राम्रा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने समेत बताए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार ११:२८