६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो

७ असार, काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दिएको अन्तरिम आदेश खारेज गरेको छ । आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने फैसला सुनाएको हो ।

यसअघि सुरेन्द्र भन्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्च अदालतको एकल इजलासले नागरिकता विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १८:००